Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीलाई बाबुरामले भने्, आफु पनि गर्न नसक्ने, अरुलाई पनि गर्न नदिने



नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारको नेतृत्वकर्ताहरु आफुपनि गर्न नसक्ने र अरुलाई गर्न नदिने बताएका छन् । विहिबार लमजुङमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरूको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको बताएका छन्। डा. भट्टराईले सत्तारूढ नेकपाभित्र दुई अध्यक्षको मनमुटाव भइरहेको बेलामा प्रधानमन्त्री एबम् नेकपा अध्यक्ष केपी शर्मा ओलाई प्रहार गर्दै यस्तो बताएका हुन् ।

बुधबाबरमात्र २४ औं जनयुद्ध दिवसका अवसरमा डा. भट्टराईले आफू र सशस्त्र जनयुद्धमा सहयात्रा गरेका प्रचण्डसँगैको फोटो राख्दै आफूहरू मिल्न सक्ने संकेत स्वरुप नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संगको सम्बन्ध संलो रहेको स्पष्ट पारेका थिए ।

एकमहिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईलेले इतिहासको कथा सुनाएर विकास हुँदैन भन्दै आफूले क्षमता विकास गर्न सक्नुपर्‍यो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्‍यो भनेका छन्। त्यस्तै कुर्सी ओगटेर देशलाई पछाडि नधकेल्न पनि सुझाव दिएका छन्।

लडाइँ र क्रान्तिमा अब्बल देखिएका नेताहरू विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप भट्टराइको आरोप थियो। आउँदा केही दशकहरू असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पछाडि पर्ने तर्क थियो।

क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारीहरू सत्तामा पुगेपछि विचलित हुन पुगेको भन्दै भट्टराईले आन्दोलनमा ज्यानै दिन तयार हुनेहरू सत्तामा पुगेपछि जनताविरुद्ध काम गर्न थालेको र सत्ताको चास्नीमा डुब्नेको आरोपसमेत लगाए।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ८ : ५४ बजे