प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गरेका छन् । ओलीले आफू जनताको विकासप्रतिको चासो र तिर्खाबारे जानकार रहेको समेत स्पष्ट पारेका छन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
तर प्रधानमन्त्री ओलीको सम्बोधन कार्यक्रममा भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बरीष्ठ नेता झलनाथ खनाल, माधब कुमार नेपाल, प्रबक्ता नारायणकाजी श्रेष्ठ लगाएतका ठूला नेताहरुको उपस्थिति भने थिएन । यसले के देखाउछ भने नेकपाका नेताहरु प्रधानमन्त्री केपी आली सँग रुष्ट रहेको स्पष्ट हुन्छ ।
देशमा बिभिन्न काण्डहरु हुँदै आएका छन् ती काण्ड मध्ये प्रचण्ड रिसाउनुको पहिलो कारण भेनेजुएला काण्डमा प्रचण्डको बोली चिप्लीयो भन्नु पनी एक कारण हो । पूर्व माओबादीले हिजो जनयुद्ध दिबसमा पार्टि कार्यलय घुम्बाराहीमा मनायो तर अध्यक्ष केपी ओली नजानुलाई पनि बिषेश रुपमा हेरीएको छ । पार्टि भित्र आफूलाइ ठाँउ नदिएको भन्दै बिद्रोह गर्ने झलनाथ खनालको पनि उपस्थिति रहेन ।
यता बरिष्ठ नेता माधब कुमार नेपाल भने हिजोको जनयुद्ध दिबसको बिरोधमा उत्रीएका थिए आज उनकाे पनि उपस्थिति रहेन र जनयुद्ध दिबस नमान्ने उनको तर्क आएको थियो ।सरसर्ति हेर्दा नेकपामा सरकार संन्चालको बिषएलाइ लिएर नेताहरुको आन्तरीक द्धन्दले ज्वरो गडेको देखिन्छ। जुन हिजो देखी देखिदै आएको थियो ।
तर प्रधानमन्त्री ओली भने,‘समस्याहरू छन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, जनताको चाहना पाँच नम्बर गियरमा विकास होस् भन्ने छ, गियर क्रमशः मात्र बढाउन सकिन्छ भन्ने विनम्र आग्रह गर्न चाहन्छु।’ ९/९ महिनामा सरकार फेरिने बानी नेपालीहरूमा परेको पनि उनले बताए । ओलीले थपे,‘अब सरकार फेरिँदैन् ।’
प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको दाबी समेत गरे । पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधानअनुसार मौलिक हकको कार्यान्वयन लगायतका काम गर्न सफल भएको पनि उनले जनाए ।यद्धपी उनले सरकारले गरेको प्रगतीको तथ्याङ्कलाई मिथ्याङ्कका रूपमा प्रस्तुत गरिएको भन्दै दुःखेसो पोखे ।
प्रतिक्रिया