Logo

अर्थ

सियमसिलाई नेपालबाटै लखेटिने, यस्तो छ तयारी



सरकारले ईटालिएन ठेकेदार कम्पनी सिएमसीलाई नेपालबाटै लखेट्ने भएको छ । मेलम्चि खानेपानीको ठेक्का लिएर काम गगरिरहेको सिएमसीले आयोजना बिचमै छोडेर भागेपछि सरकारले अन्य ठेक्काहरुबाट समेत सिएमसीलाई लखेट्ने तयारीमा लागेको हो ।

तनहुँ हाइड्रोपावर लिमिटेडको काम गर्न जिम्मा दिन लागेको सरकारले बिचमै आयोजना अलपत्र पार्ने डरले उ(सलााई काम गर्न नदिने भएको छ । मेलम्चीबाट काम छाडेर भागेको सीएमसीलाई तनहुँ हाइड्रोपावर लिमिटेड साइटमा काम थाल्न २८ दिनको समय दिएको थियो ।तर, सिएमसीले भने शुक्रबारसम्मको समयसीमामा सीएमसी काममा नफिर्कएपछि ठेक्का रद्ध गर्ने प्रक्रिया सुरु गरिएको छ ।

तनहुँ हाईड्रो पावरकालागि अब छिट्टै नयाँ टेन्डर आह्वान गरिन लाागिएको छ । नयाँ टेण्डर गर्नेबारे एसियाली विकास बैंक (एडीबी)सँग छलफल भइरहेको छ ।

सीएमसीको कार्यसम्पादन जमानत जफत गर्न पनि दावी गर्ने तयारी छ । सीएमसीले ठेक्का सम्झौता गर्दा १ अर्ब ९७ करोड धरौटी राखेको छ ।

१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माणका लागि इटालियन कम्पनी सिएमसी छनोट भएको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको कम्पनीले तनहुँ जलविद्युत आयोजनाको काममा नजाँदै आर्थिक संकटमा फसेपछि नेपालबाट बाहिरिएको छ ।

कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ ।

यो आयो जनाको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ । तर, सीएमसीका कारण आयोजना समयमै सक्न कठिन हुन सक्ने देखिएको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ ।

यसमध्ये एसियाली विकास बैंक (एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक ९ईआईबी०ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकाररनेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार  ७ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।