Logo

खेलकुद

एउटै खेल नजिती बाहिरियो धनगढि स्टार्स



दुईपटकको विजेता धनगढी स्टार्स यस वर्ष एउटाखेलपनि नजितेर  बाहिरिएको छ । यो भन्दा पहिले धनगढीले विजेता हासिल गसरिसकेको भएपनि यस वर्ष भने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा एक खेल नजिती बाहिरिएको हो ।

फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेल पनि धनगढीले रुपन्देही च्यालेन्जर्ससँग ३९ रनले पराजित हुँदै गुमाएपछि प्रतियोगिताका सबै तीन खेल हारमा टुंग्याएको हो । धनगढीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

मैदान ओसिलो भएका कारण सोमबार ढिलो गरी सुरु भएको खेल १५ ओभरमा छोट्याएको थियो । रुपन्देहीले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुदा उसले ६७ रन मात्रै बनाउन सक्यो ।

धनगढीका लागि पवन सर्राफले १५, कप्तान सोमपाल कामीले ११ र सन्दीप रजालीले १० रन बनाए । बलिङतर्फ रुपन्देहीका ललित भण्डारीले तीन विकेट लिए । त्यस्तै, बिक्रम सोबले दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १५ ओभरमा सबै विकेटको क्षतिमा १०६ रन जोड्यो । रुपन्देहीका सुमित महर्जनले ३३, विनोद भण्डारीले २४ र बाबर हायातले १९ रन बनाए ।

बलिङतर्फ धनगढीका सोमपाल कामी, विपिन खत्री र पवन सर्राफल समान २–२ विकेट लिए ।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ७ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।