Logo

समाचार

एक राजा हटाएर सयौं शासक जन्मायौ भन्दै प्रधानमन्त्रीलाई चिठी



राष्ट्रपति विद्यादेवि भण्डारीलाई एक युवाले चिठि लेखेका छन् । उनले राष्ट्पतिले देशको समृद्धि र विकाशको कुराहरुमा मध्यनजर गरेर सानो आशा पश्चात बल्नै लागेको स्थीर राजनितीको दियोलाई जनताको मनमा जगाई राख्न आग्रह गरेका छन् ।

उनले नेपालमा अहिले जनविरोधी कार्यहरु मात्र भईरहेको भन्दै राष्ट्पतिलाई चिठि लेखेको बताएका छन् । साथै उनले भनेका छन्, नेपालको समृद्धि र विकाशका लागि हामीले पठाएका जनप्रतिनिधीहरुलाई समेत राष्ट्पतिले सहि मार्गमा जान अह्वान गरेका छन् ।

यस्तो छ उनको प्रधानमन्त्री लाई पत्र

सम्मानिय प्रधानमन्त्री ज्यु ,
तपाईं समक्ष पुग्ला नपुग्ला तैपनि एउटा सानो प्रयास गरेको छु । २००७ देखि २०६२/६३ को जनआन्दोलनसम्म राजनैतिक लडाइँले शिथिल बनेको बिकाश र अर्थतन्त्र ६२/६३ को ऐतिहासिक राजनैतिक परिवर्तनसंगै स्थिर सरकार र समृद्धिको कयौं सपना बुनेर जनताले ठुलो बिश्वास र भरोसाले कम्युनिस्टलाई आफ्नो मतादेश दिए ।झन्डै झन्डै दुई तिहाईको मेजोरिटिको कम्युनिस्ट सरकार बनेसंगै जनतामा आशा, उत्साह र समृद्धिको उभार सलबलाएको थियो । तर एक दशक बित्दै गर्दा ब्यबस्था फेरिए पनि जनताको अबस्था पनि फेरिएन । शासक बर्गको आडम्बरी ,तामझाम र घमण्ड फेरिएन । एउटा सामन्ती राजा त हटायौ तर एउटा राजाको अन्त्यसंगै सयौं राजाहरु जन्मिन पुगे । जसलाई धारे हात लगाउदै दरबारबाट निकाल्यौ उनकै सिको गर्दै नयाँ शासक अगाडि बढिरहदा कुन नेपालीको मन नकुडिएला सरकार ?

सरकार, जनताले धेरै अपेक्षा गरेका छैनन । साहु महाराज हुने सपना पालेका छैनन् मात्र एउटा असल सिस्टम बसालिदेउ जहाँ सबै नेपाली हासिखुसी फुल्न सकुन । दिनदुखी ,असहाय ,गरिब, भोकानाङ्गा र निमुखा जनताको आबाज बनेर , सारथि बनेर घर घरमा पुगिदेउ सरकार ,सामान्य ज्वरोमा पनि सिटामोल खान नपाएर अकालमा मर्नु पर्ने कर्णालीका जनताको औषधि बनेर पुगिदेउ सरकार, कालो बर्णको आधारमा आफुलाई हेपिएको महशुल गर्ने मधेसमा गम्छा र धोती लिएर पुगिदेउ ताकी उसले गर्बले ढाका टोपी शिरमा पहिरिन सकोस् । एक गाग्री पानी लिन ५-६ घन्टाको दुरी धाउनुपर्ने ती काकाकुल जनताको आँगनिमा पानी बनेर बगिदेउ सरकार, ८० बर्से बुढा बा ले हातबाट रगत बगाउदै तुइन तानेर गुजारा चलाउनु पर्ने बिबशतामा पुल बनेर जोडिदेउ सरकार , सदियौदेखि अन्धकारमा टुकि बालेर जीवन काटिरहेका अध्यारा बस्तीहरुमा उज्यालो लिएर बलिदेउ सरकार , बिहान स्कुल गएकी ८ बर्से छोरी बेलुका बाटोबाटै बलात्कार र हत्या हुनुपर्ने जघन्य अपराधमा सजाय बनेर उभिदेउ सरकार ,नागरिकता, पासपोर्ट ,जग्गा नामसारी वा कुनै सिफारिस बोकेर सरकारी कार्यलय पुग्दा भनसुन र टेबुलमुनिबाट पैसाको बिटो छर्नुपर्ने कुकृत्यको थोरै भएपनी अंकुस लगाउदेउ सरकार। अस्पताल ,यातायात ,बैंक ,बिमा,निजि बिधालय ,म्यानपावरहरुले गरिरहेको ब्रह्मलुट्लाई थोरै भएपनी कैँची चलाईदेउ सरकार ,कृषिप्रधान देशमा बर्सेनि लाखौं क्विन्टल खाद्यान्न आयात गर्नुपर्ने बाध्यताको खोजी गर्दै कागजी नारा होइन सिचाइ र कृषि बजारको सहजिकरण गरेर बिचौलियाहरुको लूटको खेती बन्द गरिदेउ सरकार , बर्सौदेखि न्यायको भिख माग्दै अदालतको आँगनीमा आफ्नो जवानी फालेका पीडितलाई सत्यको पहाड बनेर अंकमाल गरिदेउ सरकार ,बिदेशमा पसिना बगाएर फर्किदा आफ्नो परिवार र आफन्तलाई उपहार स्वरुप ल्याएको केही थान कपडामा, मोबाइलमा पनि कररुपि गिद्रे आँखा नलगाई प्रबासीमैत्री कानुन परिमार्जन गरिदेउ सरकार , दिनहुुँ हजारौं युबाहरु लर्को लागेर बिदेशिने ताती मध्य आधालाई मात्र आफ्नै देशमा केही गर्न सकिन्छ भनेर रोक्न सक्यौं भने मात्र तिमी सफल भएको ठहरिने छौ । असारे बजेटले न गुणस्तरीय सडक बने न पुल पुलेसा बने केबल बने त ब्यापारीहरुको महल बने आसेपासेका दरबार ठडिए ।बेरोजगार भत्ता होइन रोजगारी सिर्जना गरिदेउ सरकार , पानी जहाज र रेल पछि चढौला अहिलेलाई यत्ती गर्यौ भने पनि तिम्रो फोटो हर घर घरको भित्तामा झुण्डिरहने छ ।जनताले तिम्रो जयजयकार गर्नेछन र तिमै शब्दमा “negative vibes” दिने कयौं पशुपतिहरुलाई जनताले बहिस्कार गर्नेछन । जनताले बहिष्कार गर्नेछन ।।
जय देश…

एक नारायण पौडेल
भमनपा वाडन १३ चितवन

प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार  ८ : ४९ बजे