Logo

खेलकुद

६९ औं प्रजातन्त्र दिवसको अवसरमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न



६९ औं प्रजातन्त्र दिवसको अवसरमा सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले मैत्रिपूर्ण भलिवल प्रतियोगिता सम्पन्न गरेको छ । भलिवल प्रतियोगितामा गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र उद्योग बाणिज्य संघ रोल्पा गरि तीन टिमको सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको नेतृत्वमा जनप्रतिनिधि टिम, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने को नेतृत्वमा कर्मचारी टिम र महासचिव मिलन रोकाको नेतृत्वमा उद्योग वाणिज्य संघ रोल्पाको टिम रहेको थियो ।

उक्त भलिवल प्रतियोगिता जनप्रतिनिधि र उद्योग बाणिज्य संघ रोल्पाको पहिलो खेललाई जनप्रतिनिधिले खेल आफ्नो पक्षमा पारेको थियो, जनप्रतिनिधि र कर्मचारीको दोश्रो खेललाई पनि जनप्रतिनिधिले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

कर्मचारी र उद्योग बाणिज्य संघको खेलमा भने कर्मचारीहरुले उक्त खेल आफ्नो पक्षमा पार्दै, जनप्रतिनिधि र कर्मचारीहरुको विचमा भएको फाइनल खेलमा जनप्रतिनिधिले खेल आफ्नो पक्षमा पार्दै प्रथम स्थान हासिल गरेको छ भने कर्मचारी टिम दोश्रो र उद्योग बाणिज्य संघ रोल्पाले तेश्रो स्थान हासिल गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार  १२ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।