Logo

राजनीति

नेविसंघ अध्यक्षमा सरोज



प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको सबै भन्दा बलियो भातृ संगठनको रुपमा हेरिने नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षबाट नैनसिंह महरले राजिानमा दिएपछि अहिले अध्यक्षको दौडधुपमा विद्यार्थी नेताहरु लागेका छन् । कांग्रेसका प्रत्यक एक मध्य एक जना विद्यार्थी नेता रहेका छन् ।

हरेकले आ आाफ्नो प्यानलबाट संयोजक छान्न लागिपरेकोबेला पार्टिभित्र भने सरोज कुमार थापाको लाोकप्रियता बढ्दै गएकाो छ । यतिमात्र हैन्, उनी लगभग अध्यक्ष बन्ने पक्कापक्की देखिएको छ ।

पछिल्लो समय नेविसंघको नेतृत्व कसलाई दिने भन्ने बारे पार्टी भित्र र बाहिर निकै चर्चा समेत हुने गरेको छ । ११ औं महाधिवेशनमा अध्यक्ष नैनसिंह महर समुहले महाधिवेशन मार्फत नेतृत्व प्राप्त गरे पनी समयमै अधिबेशन गर्न नसकेपछि हाल नेबिसंघ नेतृत्व बिहिन अबस्थामा छ ।

निवर्तमान महामन्त्री सरोजकुमार थापा, उपाध्यक्ष पुष्प कुमार साही ऋषिकेश जङ्गशाहलगायत निवर्तमान सह–महामन्त्री प्रेम जोशी राजीप ढुंगाना, अम्बिका चलाउने अध्यक्ष बन्ने दौडमा लागेका छन् ।

समग्र विद्यार्थीको मोर्चालाई नै कमाण्ड गर्ने नेविसंघमा सबै नेता मध्य निवर्तमान महामन्त्री सरोज कुमार थापाले भने आम विद्यार्थीको माझ स्वच्छ ,सरल, इमान्दार र कुटनीतिको निम्ति आफ्नो छवि निकै बलियो बनाइसकेका छन् ।

२०५६–५७ सालमा तत्कालिन नेपाली काङ्ग्रेस फुट्नु अगाडी त्रिचन्द क्याम्पसमा हाल निकै चर्चा कमाएका गगन कुमार थापा स्ववियु सभापति रहँदा सरोज कुमार थापाले इकाइ सभापति जस्तो महत्त्वपूर्ण जिम्मेवारी समालेका थिए ।

२०६० सालमा शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टी फुटाउँदा त्रिचन्द्र क्याम्पसमा शेरबहादुर देउवा निकट विद्यार्थी संगठनबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सभापतिजस्तो महत्त्वपूर्ण पदमा अत्याधिक बहुमतले बिजयी हासिल गरेका थिए ।

विद्यार्थी राजनीतिमा त्रिचन्द क्याम्पस जस्तो सबैभन्दा ठूलो क्याम्पसमा स्ववियु सभापति जित्नु पनि कुनै सामान्य कुरा थिएन ।

स्ववियु सभापति जितेपछि तत्कालीन नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई पार्टी एकीकरणको निम्ति आग्रह गरेका थिए । त्यसको कारण पनि सरोज कुमार थापाको त्रिचन्द बिजयी नै थियो ।

देशको सबैभन्दा ठूलो आल्दोलन अर्थात जनआन्दोलन भाग (२)मानिने २०६२–६३ सालको राजतन्त्र विरुद्धको आन्दोलनमा राजदरबार अगाडि हजारौं विद्यार्थीको आन्दोलनको नेतृत्व सरोजकुमार थापाले गरेका थिए । त्यतिबेला राजदरबारले थापालाई गिद्दे नजरनै लगायपनि छुन सक्ने आटँ सम्म गर्न सकेको थिएन ।

आन्दोलनलाई सशक्त बनाउने क्रममा,विद्यार्थी हरुको सडक संघर्ष जारीनै थियो।तत्कालीन राजा ज्ञानेन्द्रको राजपरिसदको सभामा भागलिन जाने क्रममा राजाको सबारी नै दरबार अगाडि रोकेर राजतन्त्र मुर्दावाद गणतन्त्र जिन्दावादका नारा लगाएर राजाको सबारी रोक्ने आट अरु कसैले गर्न सकेको थिएन । आखिर त्यो आँट पनि थापाले देखाए ।

प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार  ७ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।