Logo

राजनीति

कांग्रेस बिभाजित, संस्थापक पक्ष र देउवापक्ष दुईधारमा



प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसमा प्रतिष्पर्धा सुरु भएको छ । पार्टिको सुरुवात देखि रहेको आन्तरिक फुटका कारणा गुट उपगुटले बेला बेलामा पार्टि असफल बनिरहेको छ । जसको प्रत्याक्ष मारबाट यतिबेला कांग्रेस गुज्रीरहेको छ ।

यती भैसक्दापनि नेपाली कांग्रेसका नेताहरुको ध्याआकर्षण भने पार्टि सुधा तर्फ हुन सकेको छैन् । धेरै पछि फेरी नेपालीका कांग्रेसमा प्रतिष्पर्धा सुरु भएको छ । संस्थापक पक्षका एबं कोईराला पक्षका नेताहरुले देउवाको खेदो खन्न फेरी सुरु गरेका छन् । अहिले एक अर्काको विरोध समेत हुने गरेको छ ।

यतिमात्र हैन् एक अर्काको विरोध गर्दै गर्दा कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको जस्तो राजनीतिक संस्कार आफ्नो नभएको बताएका छन्। उनले बुधबार वीरगञ्जमा भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले कोइराला परिवारका नेताहरूको चर्को आलोचना गरेको भन्दै यसको प्रतिउत्तरमा यस्तो बताएका हुन् ।

सभापति देउवाले बुधबार कार्यक्रममा पार्टि कसैको बपौती नभएको उल्लेख गर्दै कोइराला थर हुँदैमा पार्टी सभापति बन्न नपाइने बताएका थिए। नेताहरूले जथाभावी बोल्दै हिँडेकाले उनीहरूमाथि अनुशासनको कारबाही गर्ने देउवाको कथन थियो।

सोहि विषयमा बोल्दै बिहीबार शेखर कोइरालाले भने्, देउवाले के बोले भन्ने कुरामा मेरो सरोकार नभएको छैन् । ‘उहाँ हाम्रो सभापति हो। मेरो उहाँलाई सम्मान छ तर उहाँ जसरी प्रस्तुत हुनुभयो त्यो उहाँको राजनीतिक संस्कार होला।

मैले आफ्नो परिवारबाट त्यस्तो संस्कार लिएको छैन,’ कोइरालाले भने, ‘महाधिवेशनमा उठ्ने अधिकार त सबैलाई हुन्छ। उहाँले रोकेर रोकिन्न।’ उनले पार्टी कमजोर भयो भन्दा कारबाही गर्छु भन्ने हो भने देउवाले आफैंलाई कारबाही सुरू गर्नुपर्ने बताए।

‘हामीलाई किन कारबाही गर्ने भन्नुभएको हो मैले बुझेको छैन, संस्कार भएका मानिसहरूलाई कारबाही गर्ने संस्कार नभएकाहरूलाई छुट दिने कांग्रेस कता जान्छ ?

प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार  १० : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।