Logo

समाचार

ग्यास उद्योगीको र बिक्रेता आन्दोलित, माग पुरा नभए विक्रि वितरण ठप्प पार्ने चेतावनी



एलपी ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा ग्यास बिक्रेता महासंघ नेपालले ऐक्वेवद्धता जनाएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको र माग पुरा नभए ग्यास बिक्रि वितरण ठप्प पार्ने चेतावनी दिएका हुन् ।

यस अघि गत बिहीबार उद्योगीहरुले पत्रकार सम्मेलन गरेर आफ्ना १० वटा मागहहरु पुरा नभए १० दिनभित्र आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसको दुई दिनमै बिक्रेताहरुले अनामनगरस्थित मिडिया इन्टरनेसनलमामा पत्रकार सम्मेलन गरेर बिक्रि वितरण नै ठप्प पार्ने चेतावनी दिएका हुन् ।

‘एलपी ग्यास उद्योगीहरुको आन्दोलनमा हामी देशै भरी बिक्रेताहरुको समर्थन रहेको छ’ संघका महासचिव विनोद् काफ्लेले भने, ‘हाम्रा मागहरु पुरा नभए फागुन ३० गते ग्या बिक्रि वितरण ठप्प पारेर डिलरमा भएका खाली सिलिण्डरहरु सम्बन्धित निकायमा बुझाउछौं ।’

संघले ६ बुँदामा आफ्ना मागहरु अघि सारेको छ । उद्योगीहरुको माग पुरा गर्नु पर्ने, बिक्रेता प्रमाणिकरण प्रक्रिया तत्काल शुरु गर्नु पर्ने, बिक्रेता वितरकको कमिशन मूल्यको कम्तिमा ६ प्रतिशत हुनुपर्ने रहेका छन् । यसैगरी उपभोक्ता जनचेतना कार्यक्रम सबै स्थानीय तहमा सञ्चालन गर्नु पर्ने, डिलर र डिलरमा काम गर्ने (व्यक्तिहरु) को बीमा गरिनु पर्ने र ग्यास बिक्रेताहरुलाई आवश्इक तालिमको व्यवस्था हुनु पर्ने माग संघले अघि सारेको छ ।

संघका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले ग्यास बिक्रि वितरण ठप्प पार्नु रहर नभई बाध्यता भएको बताए । सरकारले लामो समयसम्म पनि आफ्ना सुनुवाई नगरेको कारण बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको अध्यक्ष श्रेष्ठले बताए । अझै सरकारले जायज मागहरु पुरा गरे आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने उनले बताए ।

यस्तो छ विज्ञाप्ति 

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  ७ : २१ बजे