Logo

खेलकुद

विश्वकप खेल्न हङकङसंग प्रतिष्पर्धा गर्दै नेपाली टोली, जित्ला त नेपालले आजको खेल ?



नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाली टोलीले आईतबार आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा हङकङसँग प्रतिस्पर्धा गर्न लागेको छ ।

थाइल्याण्डको बैंककमा भईरहेको खेलमा आज नेपालले आफ्नो चौथो खेलको रुपमा हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेर जित हात पारेको थियो । यस्तै, दोस्रो खेलमा थाइल्याण्डसंग ५७ रनले पराजित भएको थियो भने तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

आजको खेल नेपाली समय अनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपालले हङकङलाई पराजित गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावनालाई कायमै राख्ने दाउमाछ ।

अहिले नेपाल अंक तालिकाको चौथो स्थानमा छ । नेपालले तीन खेलमध्ये एक खेलमा हार र दुई खेलमा जित हात पार्दै ४ अंक बनाएको छ । यता, शीर्ष स्थानमा रहेको थाइल्यान्डको भने ६ अंक छ । त्यस्तै, दोस्रो स्थानमा रहेको यूएईको पनि ६ अंक रहंदा तेस्रो स्थानमा रहेको चीनको पनि ६ अंक छ ।

अब नेपालले २५ तारखमा चीनसँग खेल्ने छ भने संगअन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  ५ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।