Logo

खेलकुद

नेपाली महिला टोलीले निकाल्यो हङकङमाथि सहज जित



आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोट अन्र्तगतको आईतबारको खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङमाथि सहज जित निकालेको छ । खेलमा नेपालले ६ विकेट लिएर सहज जित निकालेको हो ।

नेपाललाई जिताउन नेरी थापाले घातक बलिङसँगै नेपालले ६ विकेट लिएकी थिईन् । सोहि विकेट नेपालका लागि जित बनेको हो । आजको खेलमा नेपालले हङकङमाथि ४ विकेटको सहज जित हात पारेको छ ।

६३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो रहेन । स्कोर बोर्डमा मात्र ५ रन हुँदा काजल श्रेष्ठ व्यक्तिगत ४ रनमा आउट भइन् । नेपालले थप २ रन जोड्दा सीता राना मगर आउट भइन् । उनले खाता नै खोल्न सकिनन् ।

इन्दु बर्मा र रुविना क्षेत्रीले चलिनन् । तर, अप्सरी बेगमले सरिता मगरसँग मिलेर नेपालको पारी सम्हालिन् । दुबैले पाँचौं विकेटका लागि ३२ रनको साझेदारी गरिन् । बेगम २४ रनमा आउट भइन् । बेगम आउट हुँदा नेपाललाई ७ रन चाहिएको थियो । तर, थप दुई विकेट गुमाएर ९ बल बाँकी छँदा भेट्टायो । सरिता मगर १६ रनमा अविजित रहिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६२ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेरीले घातक बलिङ गर्दै ६ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी उनले मात्र ८ रन दिएकी थिइन् ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  १० : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।