Logo

प्रमुख समाचार

सांसद पद जोगाउन पार्टि कांग्रेसमा प्रबेश नगरि नयाँ शक्तिमै रहे सांसद तामाङ



सोमबार नयाँ शक्ति पार्टि र नेपाली कांग्रेस रसुवाबीच पार्टि एकता भएको छ । साो क्रममा नयाँ शक्तिको सिंगाो जिल्ला कमिटी नै कांग्रेसमा प्रवेश गरेको छ। तर, प्रदेश ३ का नयाँ शक्तिबाट निर्वाचित सांसद प्रेम तामाङ भने पार्टि प्रवेश गरेनन् ।

सोमबार उनले पार्टि प्रवेश गर्ने चर्चाा खुबै चलेको थियो । सोमबार सांसद तामाङ सहित नयाँ शक्तिको जिल्ला समितिलाई कांग्रेस प्रवेश गराउन सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापा हेलिकोप्टर चढेर रसुवा पुगेका थिए।

तर कांग्रेस प्रवेश गर्ने तयारी गरेका सांसद तामाङ रसुवाको कालिकास्थानमा आयोजित कार्यक्रम स्थलमै आएनन्। नयाँ शक्तिका केही नेता कार्यकर्ता प्रवेश गराएर कांग्रेस नेताहरु राजधानी फर्किए। रसुवामा कांग्रेसले मञ्चमा आफ्नो पार्टीको झन्डा राखेको भन्दै नयाँ शक्तिले ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

कार्यक्रम स्थलमा राखिएको ब्यानरमा नेपाली कांग्रेस रसुवा र नयाँ शक्तिबीच ऐतिहासिक एकता सभा लेखिएको थियो।

नयाँ शक्तिले आइतबार विज्ञप्ति निकालेर सांसद तामाङलाई तीन दिनभित्र स्पष्टिकरण दिन भनेको छ। सांसद तामाङले आफू कांग्रेस प्रवेश नगर्नुको कारणबारे केही प्रतिक्रिया जनाएका छैनन्। स्रोतका अनुसार नयाँ शक्ति छाडेर कांग्रेस प्रवेश गर्दा सांसद पद नै गुम्ने खतरा हुने भएपछि तामाङ पछि हटेका हुन्।

जुनदलको उम्मेद्वार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने संविधानमा उल्लेख छ। तामाङ नयाँ शक्ति र कांग्रेस गठबन्धनबाट सांसद निर्वाचित भएका थिए।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ६ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।