नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले ननेपालमा कम्युनिष्टहरुले धर्म परिवर्तनको नाममा आतंक मच्चाउन खोजेको आरोप लगाएका छन् । नेता थापाले धार्मिक स्वतन्त्रता भएका सबै देशहरुमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा मानिन्छ । तर, हाम्रो देशमा भने सरकार तथा कम्युनिष्ट पार्टिका शिर्ष स्थानकै नेताहरुले धर्म परिवर्तनको नाममा आतंक मच्चाईरहेको आरोप लगाएका हुन् ।
मंगलबार काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ छत्रेपाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ को दोस्रो दिन सहभागी भएका नेता थापाले कुन धर्म मान्ने र कुन धर्मको अभ्यास गर्छ गर्दैन भन्ने कुरा निजी भएको बताए। उनले भने, “धर्मको अभ्यास गरे पनि नेपालभित्र धर्म परिवर्तनको अभ्यास गर्ने कुरालाई राज्यले रोक्नुपर्ने हुन्छ, त्यो राज्यको दायित्व हो।” यदि यस्तो नगरिएमा कांग्रेसले यो प्रक्रिया रोक्नु जस्तोसुकै कदम पनि चाल्न तयार रहेको बताए ।
धर्म परिवर्तन गर्ने कुरालाई पूर्ण रूपमा रोक्नुपर्ने उल्लेख गर्दै थापाले त्यसको अधिकार संविधानले नै नेपाल राज्यलाई दिएको बताए। उनले गाउँ–गाउँमा लाग्ने गरेको महायज्ञ धार्मिक प्रचारप्रसारको माध्यम भएकाले त्यसलाई सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गरे। उनले हिन्दू, बौद्ध र किराँत धर्म नेपाल राज्यको पहिचान र परिचय भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए।
तिलेश्वर मन्दिर संरक्षण समितिद्वारा आयोजित मन्दिर प्रचारप्रसार, विकास तथा पुनःनिर्माण गर्न सहयोग जुटाउने उद्देश्यले भएको महायज्ञमा ५० लाख उठाउने लक्ष्य राखिएको समितिका संयोजक कृष्णबहादुर लामाले बताए।




















प्रतिक्रिया