Logo

समाचार

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिए रबिन्द्र अधिकारीप्रति श्रद्धाञ्जली



नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रबिन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले श्रद्धाञ्जली अर्पण गर्दै आफुले रबिन्द्र अधिकारीसंगको साथ सधैभरि याद गरिरहने जनाएका छन् ।

यस्तो छ उनको श्रद्धाञ्जली

रवीन्द्र अधिकारि कुनैबेला अनेरास्ववियुको अध्यक्ष दरबार हत्याकाण्ड लगत्तै नेपालको विद्यार्थी आन्दोलनलाई सानातिना विमतिबाट माथी उठाएर `लोकतन्त्रका सवालमा सम्पुर्ण एकता´ को निर्माणमा अर्को अनेरास्ववियुका अध्यक्ष मित्र राजेन्द्र राई र म संगै रविन्द्रजिको सकृय भुमिका स्मरण गरिरहेको छु l राजनैतिक रूपमा मेरा आदरणीय साथी रविन्द्र ब्यक्तिगत रूपमा एकै परिवारका सदस्यझैँ थिए l कल्पना सम्म गरेको थिइन यी मिलनसार मित्र रविन्द्रले यसरी अकस्मात विदाइ लिनेछन् भनेर l उहाँको निधनले मर्माहत छु, अत्यन्तै दुख लागेको छ l ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मित्र रविन्द्र संगै जीवन गुमाएका सबैको आत्मा शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु l

विश्वप्रकाश शर्मा प्रवक्ता

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  १२ : ०४ बजे