Logo

स्वास्थ्य

ईक्यान अध्यक्ष पाण्डेको अर्को रहस्य खुल्यो, काठमाडौंका चार कलेजबाट करोडौं ठगी



शैक्षिक परामर्स संघ ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले कन्सटेन्सीबाट मात्र नभई काठमाडौंका कलेजबाट समेत ब्रह्मलुट गर्ने गरेको पााईएको छ । उनले चारैतिरबाट करोडौ अकुत सम्पति कमाएको पाईन्छ । सुरुवातमा अष्ट्रेलियाको एआईबीटी कलेजमा पठाउने बिद्यार्थी अलपत्र पारेको समाचार बाहिरिएपछि आनलाईनपाना डट कमको टिमले फ्लोअप गरको छ । फ्लोअपको क्रममा हाम्रो टिमले पाण्डेका अकुत सम्पति कमाउने माध्यमबारे पत्ता लगाएको हो ।

उनले सम्पत्तिकै मोहमा परेर कन्सलटेन्सी बाहेकका काठमाडौंका विभिन्न स्थानमा चार वटा कलेजहरु समेत सञ्चालन गरेका छन् । उनी एभरेष्ट, प्रिमियर एबडीन र कोलम्बस लगायतका कलेज समेत सञ्चालक हुन । हाम्रो टिमले खोजी गर्दै जाँदा उनकै विद्यालयका एक शिक्षकले आफ्नो नाम नबताउने शर्तमा आफुहरुलाई तलब नदिने गरेको बताएका छन् । सोहि कारणले हामीलाई परिवार पाल्न समेत मुस्किल भईरहेको शिक्षकले बताए ।

यो पनि पढ्नुहोस्

यि हुन् नेकपाको संरक्षणमा अष्ट्रेलियामा नेपाली बिचल्ली पार्ने ईक्यानका अध्यक्ष पाण्डे

मर्सि एजुकेशनका सञ्चालक राम टण्डन फरार

इक्यान अध्यक्षको धन्दा बाहिरियो, अस्ट्रेलियामा नेपाली विद्यार्थीको बिचल्ली पार्ने एआइबीटीको प्रबर्द्धन गर्दै

शिक्षकका अनुसार पाण्डे संलग्नता रहेका विद्यालयहरुले अहिले मात्र नभई विगत देखि नै यस्ता कामहरु गर्दै आएका छन् । यसबारेमा बाहिर कुरा ल्याएमा ज्यान मार्ने धम्कि दिने गरेको उनले बताए । हामीले अन्य शिक्षकहरुलाई यसबारेमा जानकारी माग्दा उननीहरुले बताउन चाहेनन् ।

एक विद्यार्थीले दिएको जानकारी अनुसार यि कलेजहरुमा पढाईको स्थीती पनि खस्किदै गएको छ । विद्यार्थीहरुलाई राम्रो पढाई हुने भ्रममा पारेर विद्यालयले लाखौ शुल्क मात्र हसुलेर विद्यार्थीहरु फसाउन मिठा बात गर्ने । अन्तमा पढाईको स्तर समेत राम्रो नभएको बताएका छन् । ति विद्यार्थी छात्राका अनुसार उनले चर्को शुल्क असुलेको तर, अन्तमा पढाई आफुले चाहे अनुसार नरहेको बताए ।

“गएको वर्ष मात्र १७ करोडको जग्गा किनेका उनले यस वर्ष करीब ३० दिन भित्रमा  बानेश्वरमा ७ करोड घर किने”

उनी भन्छन्, सोहि कारणले अब कलेज फेर्ने सोचमा छु । बाबाले कलेजमा राम्रो पढाई हुन्छ भनेपछि मात्र यहाँ म यहाँ भर्ना भएको हुँ ।

करोडौ सम्पत्तिको मालिक बनेर राजनितीक खोलमा लुकेका उनको अनुहार अहिले सम्म मिडियामा समेत आएको छैन् । यिनी केवल एक उदाहण पात्र मात्र हुन । उनका हरेक कलेजको अवस्था उस्तै छन् । गएको वर्ष मात्र १७ करोड मूल्यमा जमिन किनेका उनले एक महिना अघि मात्र बानेश्वरमा ७ करोड घर किनेको रहस्य समाचार श्रोतले जानकारी दिएको छ ।

पढाईको गुस्तर पनि राम्रो छैन् । उनले शैक्षिक क्षेत्रलाई एक ब्यापार गर्ने स्थानको रुपमा प्रयोग गर्ने गरेका छन् । विद्यार्थीको भविष्यलाई उनले पैसामा तौलने गरेको बेलाबेलामा बाहिर आउन खोज्दा पनि उनले धम्की र त्रास देखाएर लुकाउने गरेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार विद्याार्थीहरुलाई कलेज भित्रका कुरा बाहिर भनेमा मार्ने धम्की दिने गरेको समेत उनले बताए । सत्ता र शक्तिको आडमा रहेर उनले नेपाल देखि अष्ट्रेलिया लगायतका थुप्रै मुलुकमा विद्यार्थी पठाउने र उनीहरुलाई ठग्ने गरेको खुलासा भएको हो ।

प्रकाशित मिति : फाल्गुन १९, २०७५ आईतबार  ९ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।