Logo

खेलकुद

सन्दीप लामिछाने भारत प्रस्थान



इण्डियन प्रिमियर लिग ‘आईपीएल’ खेल्न नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बुधबार भारत प्रस्थान गरेका छन् ।

यसै साता सुरु हुने आईपीएलका लागि सन्दीप बुधबार बिहान दिल्ली प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक संजाल फेसबुकमा एक पोस्ट गर्दै दिल्ली प्रस्थान गरेको जनाएका छन् ।

दिल्ली जानु अघि सन्दीपले यस सिजन आईपीएलको उपाधि जित्ने लक्ष्य लिएको बताएका थिए । सन्दीपले दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्ने छन् । सन्दीपले गत बर्षको आईपीएलबाट नै टी ट्वान्टी क्रिकेटमा डेब्यु गरेका थिए । दिल्लीले सन्दीपलाई यस सिजनको लागि रिटेन गरेको हो ।

आईपीएल मार्च २३ बाट सुरु हुँदैछ । सन्दीपको टिमको पहिलो खेल मार्च २४ मुम्बई इण्डियन्सविरुद्ध रहेको छ । सन्दीपले डेब्यु सिजन ३ खेलमा प्रभावशाली प्रदर्शन गर्दै ५ विकेट हात पारेका थिए ।

आईपीएलमा डेब्यु गरेपछि सन्दीपले ११ महिना भित्र विश्व भरका प्रशिद्द फ्रेन्चाइज टी(ट्वान्टी लिगमा आफ्नो प्रतिभा देखाइसकेका छन् ।

सन्दीप गत साता मात्र पाकिस्तान सुपर लिग ‘पीएसएल’ क्रिकेट खेलेर स्वदेश फर्किएका थिए । लाहोर क्वालेण्डर्सबाट पीएसएल खेलेका सन्दीपले ७ खेल खेल्दै ११ विकेट लिएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार ०४:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।