Logo

कोशी प्रदेश

भारतीय नक्कली रूपैयाँ सहित २ जना पक्राउ



मोरङको रंगेली नगरपालिका-८ दर्बैसाबाट १७ हजार ७ सय भारतीय नक्कली रुपैयाँ सहित भारत बौका चोप्राह बस्ने ३० वर्षीय कुन्दन मण्डल र भारत तिरा बस्ने १८ वर्षीय किशोरलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट भारतीय नक्कली नोट लिई नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले बिआर ३८ एन ०२५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मण्डलको साथमा २ सय दरका ३ हजार ४ सय र मोटरसाइकलमा सवार १८ वर्षीय किशोरको साथमा १ सय दरका १४ हजार ३ सय गरी जम्मा १७ हजार ७ सय भारतीय नक्कली रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : पुष १२, २०७७ आईतबार  १२ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।