कस्ता–कस्ता कमाण्डो तालिम गरेका सैनिक अधिकारीले आपसमा कुटाकुटै गरे भन्ने कुरा उति सुनिएको थिएन । तर, छाउनीस्थित सैनिक अस्पतालमा कमाण्डो तालिम नगरेका दुई डाक्टर जर्नेलबीच हानाहान चलेको छ ।
भन्न पन लाज लाग्दो कि, एकतारे जर्नेल भइसकेका यी चिकित्सकको झगडाचाहिं दुई–चार चोक्टा मासु धेरथोर भएको निहुँमा परेको रहेछ । झगडिया हुन्, डा. सुशील रावल र डा. उदय बज्राचार्य । नेपालकै नाम चलेका सर्जन मानिन्छन् डा. रावल ।
डा. उदयचाहिं बिरामीलाई बेहोस् बनाउने विज्ञ हुन् । तर, सर्जन् डा. सुशीलले दिउँसो एघारै बजे एनेस्थेसिस्ट डा. उदयको कोठामा छिरेर झण्डै बेहोस् हुने गरी दच्काइदिए, एक साताअघि । ठूलो कुरा भए ठीकै हो भन्न हुन्थ्यो । मासुको निहुँ, त्यो पनि आफूले होइन, वैटरहरुले प्लेटमा हालिदिएको चोक्टाका कारण अपमानित महसुस गर्दै सुशील जाइलागेको बताइन्छ ।
आफ्नो कोठामा काम गरेर बसिरहेको उदय त्यतिबेला छक्क परे, जब सुशील हाट्टहुट्ट गर्दै छिरेर सिधै व्वाङव्वाङ हिर्काउन थाले । उदय के भयो, के भयो भन्दै थिए । सुशील चाहिं साले मलाई हेप्ने रु मलाई चिफले त केही गर्न सक्दैन तैंले हेप्ने’, भन्दै हिर्काउन थाले ।
कुटाइ खाएका दिनदेखि डा. उदय अस्पताल गएका छैनन् । काम गर्दागर्दै अनाहकमा कुटिनु, त्यो पनि आफूभन्दा जुनियरबाट योभन्दा घोर अन्याय अरु केही हुँदैन भन्ने दाबी छ उदयको । उनले सुशीलमाथि कारबाही नभएसम्म काममा नजाने भन्दै आएका छन् ।जनआस्था साप्ताहिकबाट





















प्रतिक्रिया