संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आक्रमणको नीति लिएर प्रहरी माथीको दुस्मनीलाई निरन्तरता दिन थालेको छ । २०७६ सालको असार १६ गतेदेखि प्रहरी विरुद्ध आक्रमण गर्न थालेको यस समूहले आज पनि प्रहरीमाथी फायर खोलेको हो ।
आज आईतबार पनि प्रहरी र प्रतिवन्धित नेकपाका कार्यकताबीच दोहोरो गोली हानाहान भएको छ । संखुवासभाको चैनपुरमा विप्लव समुह र प्रहरी बिच दोहोरो गोली हानाहान भएको हो ।
उक्त जिल्लाको चैनपुर–४ स्थित मैदानेमा विप्लव समुहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मल्लका अनुसार विप्लव समुहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् । प्रहरीले करिब २० राउण्ड फायर गरेको छ । ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए ।
०७६ असार १६ मा पनि संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ मा प्रहरीको गस्ती टोलीलाई लक्षित गरेर विप्लव समुहले गोली हानेको थियो ।




















प्रतिक्रिया