Logo

विविध

सप्तरीकी महिलाले एकै पल्ट जन्माइन तीनवटा छोरा



एक महिलाले एकै पल्ट तीन सन्तान जन्माएकी छन् । सप्तरीको खडक नगरपालिका २ का २७ वर्षीया श्याम कुमारी सदाले एकै पटक ३ ओटा बच्चा लाइ जन्म दिएकी थिइन ।

उनले आज बिहान ९ बजे तीनवटा छोरा जन्माए पनि केही घण्टा नबित्दै दुईको मृत्यू भएको छ । सुत्केरी व्यथा लागेपछि उनलाई सिरहाको लहान स्थित रहेको कामना नर्सिङ होममा लगिएको थियो ।

एक नवजात शिशुलाई भेन्टिलेशनमा राखिएको प्रहरीले जनाएका छन । सप्तरीक‍ो कडरबोना स्वास्थ्य चौकीमा उनले नियमित स्वास्थ्य परिक्षक गर्दै आइरहेकी थिइन् ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार ११:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।