वरिष्ठ पत्रकार कुसुम कुसुमले सामाजिक सञ्जाल फेसबुकमा ठगहरुबाट ठगीने बाम पिडितहरुको सूची शिर्षकको स्टाटस पोष्ट गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा सोही शिर्षकको स्टाटस पोष्ट गर्दै भनेका छन्, पौडेलजी बालुवाटारको जग्गा खरीदमा ठगिनुभयो, उहाँले क्षतीपुर्ती पाउनुपर्छ । संचार मन्त्रीको ठम्याई छ ।
–हो त, दाहालजी सुमार्गी, भाटभटेनी, महतो, गुरुङ, मार्सी प्रशाईंबाठ व्यापक मात्रामा ठगीनुभयो । मुक्ती टावरदेखि छोरीलाई करोडौंको बंगला बनाउँदा उहाँ भरमार ठगिनुभएको छ ।
–जनार्दनजी जनमैत्री अस्पतालदेखि नै ठगीनुभएको सुन्नमा आएको छ ।
–अनन्तजी पनि भित्रभित्र धेरै ठगहरुबाट ठगीनुभएको बुझीन्छ ।
–खनाल र गौतमजी सुन तस्करहरुबाट धेरै मात्रामा ठगिनुभएको जगजाहेरै छ ।
–नेपालजी होली वाइन ढकालदेखि हाल भूमाफिया शोभाकर ढकालसम्मबाट ठगिनुभएका पिडित हुुनुहुन्छ ।
–नेम्वाङजी पश्चिमा एनजीओदेखि युरोपियन युनियनबाट धेरै ठगिनुभएको छ ।
–मगरजी मेलाम्चीमा नराम्ररी ठगिनुभयो । कठैबरा ।
–बासकोटाजीलाई एनटीसी फोरजी ठेक्कामा अर्बौंको चुना लाग्यो, उहाँले क्षतीपुर्ती पाउनैपर्छ ।
–वाइडबडीमा ठगिनुभएका अधिकारीजी आज यो सँसारमा हुनुहुन्न ।
–एनसेल कर मिनाहामा ओलीदेखि दाहालसम्म सबै ठगिनुभएकै हो ।
–अँ, लडाकुको राशनमा दाहालजी कुन हदसम्म ठगीनुभयो भने उहाँको क्षतीपुर्तीका लागि नेकपाको युवासँघले अख्तीयारमा उजुरी नै हालेको थियो । हाल क्षतीपुर्ती पाएजस्तो छ ।
‘यस्ता ठगीनेहरुको सुची अरु भए पाउँ, विचराहरुलाई क्षत्रीपुर्तीको खाँचो छ । रवी लामीछाने, धुर्मुस, सुन्तली सबै मिलेर यी पिडित बबुराहरुको क्षतीपुर्तीका लागि चन्दा अभियान संचालन गर्नु अति अपरिहार्य र बांछनीय रहेको तथ्यलाई नकार्न कदापी सकिदैन ‘
















प्रतिक्रिया