Logo

समाचार

शिक्षक सेवा आयोगद्वारा स्थायी शिक्षकको नतिजा प्रकाशित



शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । गत असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा बिहीबार पहिलो दिन माध्यमिक तहको संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर, जनसंख्या, शिक्षा, स्वाथ्य तथा शारिरीक शिक्षा, संस्कृत भाषा वेद भुगोल र कृषिको नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ ।

नतिजा अनुसार पूर्वाञ्चलको संस्कृत व्याकरण र स्वास्थ्य तथा शारीरिक शिक्षा मध्यमाञ्चलको संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर विज्ञान, जनसंख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा, पश्चिमाञ्चलको संस्कृत भाषा, संस्कृत व्याकरण, संस्कृत साहित्य, वेद, कृषि, मध्यपश्चिमाञ्चलको भूगोल र सुदूर पश्चिमाञ्चलको संस्कृत साहित्य तर्फको नतिजा सार्वजनिक भएको आयोगले जनाएको छ ।

बिहीबार भएको नतिजामा उत्र्तीणहरुको अन्तर्वार्ता बैशाख २५ गतेलाई तोकिएको आयोगले जनाएको छ । कूल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका आयोगले जनाएको छ । प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा विज्ञापन भएको थियो ।

गत असारमा भएको खुल्ला विज्ञापनको परीक्षा असोजमा भएको थियो । माविको असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते परीक्षा भएको थियो । परीक्षा भएको तीन महिना पछि आयोगले काठमाडौं उपत्यकाका छुट्टा छुट्टै तीन स्थानमा गत पुष २३ गतेबाट कापी परीक्षणको काम शुरु गरेको थियो ।

खुल्ला विज्ञापनको परीक्षा कै बिचमा कार्यरत अस्थायी शिक्षक परीक्षाका प्रकृयागत कार्य गर्नु परेकाले ढिलो भएको आयोगका पदाधिकारीहरुले बताउँदै आएका छन् । प्रकाशित मिति २०७६ बैशाख १२ ,बिहीवार नतिजा www.tsc.gov.np मा हेर्न सकिन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार ०७:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।