Logo

विविध

प्रधानमन्त्रीद्वारा तमु ल्होसारको शुभकामना व्यक्त



प्रधानमन्त्री केपी शर्मा ओलीले गुरूङ समुदायको नयाँ वर्ष तथा प्रमुख चाड मानिने तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ‌ओलीले भनेका छन्, ‘तमु समुदायको पर्व तमु ल्होछारका अवसरमा यस समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ’ । 

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने महाअभियानमा आफू रहेको बताएका छन् । 

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार ११:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।