Logo

प्रमुख समाचार

प्रधानमन्त्री केपी आलीले आफु लगायत मन्त्री र स्वकीय सचिवको तलब बढाउने, अब कति पुग्ला ?



अर्थमन्त्रालयले प्रधानमन्त्री, मन्त्री र स्वकीय सचिवको दरबन्दी तथा तलबभत्ता सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।

बजेट निर्माणमा खटिरहेको अर्थ मन्त्रालयले प्रधानमन्त्री, मन्त्रीदेखि तिनका स्वकीय सचिवहरुको तलब–भत्तासम्बन्धी नयाँ व्यवस्था गरेको छ । अबदेखि प्रधानमन्त्रीले मासिक ९४ हजार २ सय ८०, उपप्रधानमन्त्रीले ७७ हजार ३ सय २०, मन्त्रीका लागि ६९ हजार ४ सय राज्यमन्त्रीका लागि ६३ हजार ७ सय ७० र सहायकमन्त्रीका लागि ६२ हजार ४ सय ९० रुपैयाँ तलब सुविधा दिइने भएको छ ।

प्रधानमन्त्रीले मासिक तलब–भत्ता ७७ हजार २ सय ८०, महंगी भत्ता २ हजार, ५ हजार सञ्चार सुविधा र १० हजार अतिथि सत्कारबापत पाउने छन् । उनका लागि मासिक ३ सय ६ लिटर पेट्रोल र वार्षिक ४० लिटर मोबिल उपलब्ध हुनेछ ।

प्रधानमन्त्रीका स्वकीय सचिव र सचिवालयमा रहने कर्मचारीको दरबन्दी र तलबभन्दा पनि मन्त्रिपरिषद्को स्वीकृति अनुसार प्रमुख स्वकीय सचिव र सचिवालयमा रहने कर्मचारीको दरबन्दी र तलबन्दी र तलबभत्ता पनि मन्त्रिपरिषद्को स्वीकृति अनुसार परिमार्जन गरेको छ ।

नयाँ व्यस्थाअनुसार अनुसार प्रमुख स्वकीय सचिवको तलब मासिक ५७ हजार ७ सय ८०, स्वकीय सचिवको ५१ हजार ४ सय २०, सहस्वकीय सचिवको ४० हजार १ सय ५०, उपस्वकीय सचिवको ३४ हजार २ सय २०, स्वकीय अधिकृतको ३० हजार ५ सय, फोटोग्राफरको ३० हजार ५ सय, ड्राइभरको १८ हजार ३ सय ४० र पियनको १६ हजार १ सय ३० रुपैयाँ तलब छ ।

प्रधानमन्त्रीदेखि सहायक मन्त्रीसम्मले देशभित्र भ्रमण गर्दा दैनिक ३ हजार रुपैयाँ भत्ता पाउने गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार ०७:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।