Logo

समाचार

प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसंचार कम्पनी लिमिटेड बीच सम्झौता



राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसंचार कम्पनी लिमिटेड बीच संयुक्त लगानीमा भूक्तानी सेवा प्रदायक (Payment Service Provider) पब्लिक कम्पनी संचालन गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । सो समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको थियो ।

यस सम्झौता पश्चात संयुक्त लगानीमा संस्थापित भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भएपश्चात भुक्तानी सेवा प्रदायकको सेवा सञ्चालन गर्दा नेपाल दूरसंचार कम्पनी लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग प्राथमिकताका आधारमा समझदारी गरी डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने छ ।

समारोहमा नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका माननीय मन्त्री गोकुल बास्कोटा, मानीय सासंद ज्यूहरु, संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्ग, फेडेरेसन अफ क्यानका अध्यक्ष हेमन्त चौरासीया, बैंंकका सूचना प्रविधि विभागका विभागीय प्रमुख देवेश लोहनी लगायतकोे उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार १२:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।