प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जागरण अभियानलाई देशव्यापीरुपमा प्रभावकारी बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहिबार बसेको पदाधिकारी बैठकले जनतामाझ पार्टीको जागरण अभियानलाइ प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेसले यही बैशाख २५ गतेदेखि जागरण अभियान सञ्चालन गर्ने घोषणा यसअघि गरिसकेको छ । सहमहामन्त्री प्रकाशरण महतले सातवटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने र जिल्लातहमा केन्द्रीय नेताले सम्बोधन गर्ने जानकारी गराए ।
बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रमका बारेमा पनि छलफल गरेको सहमहामन्त्री महतले बताए । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइरालालगायतका नेता सहभागी थिए ।

















प्रतिक्रिया