नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुले सपथ ग्रहण गरेका छन्।
पार्टी कार्यालय सानेपामा बिहिबार आयोजित कार्यक्रममा प्रतिष्ठानका सदस्यहरुलाई पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा कांग्रेस उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
त्यस अबसरमा उपसभापति निधिले पार्टीलाई नीति निर्माणमा आबश्यक सुझाब दिइने र सबै स्थानीय तहमा प्रशिक्षणका कार्यक्रम संचालन गरिने बताए। प्रतिष्ठानका प्रमुख निधिले गत चैत २९ गते प्रतिष्ठानमा ३८ जनालाई सदस्यमा नियुक्त गरेका थिए। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा उनीहरुलाई नियुक्त गरेका हुन्।
निधिले यसअघि नै प्रतिष्ठानको कार्यकारी निर्देशकमा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालाई नियुक्त गरेका थिए। प्रतिष्ठानका अनुसार सदस्यहरुमा आरजु देउवा डडेल्धुरा, डिगबहादुर लिम्बु मोरङ, ध्रुब वाग्ले तनहुँ, मनोहरनारायण श्रेष्ठ धनकुटा, रञ्जित कर्ण सप्तरी, मोख्तार अहमद सिरहा, मधु शाही बारा, डा।गणेश मण्डल सिरहा रहेका छन्।
यसैगरी, डा. सूर्य ढुंगेल महोत्तरी, डा. जगदिशचन्द्र पोखरेल तनहुँ, डा. गोबिन्दराज पोखरेल प्यूठान,खिलमानाथ दाहाल ओखलढुंगा, ध्रुबराज पुरी सल्यान, तुलसीनारायण श्रेष्ठ लम्जुङ, सुभाष पोखरेल खोटाङ, केशब निरौला मोरङ, हरिहर बिरही सिन्धुली तारानाथ दाहाल सिन्धुपाल्चोक रहेका छन्।
प्रतिष्ठानका अन्य सदस्यहरुमा डा. प्रभु बुढाथोकी ललितपुर, डा. अमुदा श्रेष्ठ काठमाडौं, राजकुमार नकर्मी काठमाडौं,छन्दबहादुर पहराई गुल्मी, डा. कुशुमाकर न्यौपाने पर्बत, राजु नेपाल भक्तपुर, गेजा शर्मा वाग्ले काठमाडौं,मोतिराज बम कालिकोट, भद्रा भण्डारी पराजुली काठमाडौं, डोल्मा तामाङ सोलुखुम्बु, नानुमैंया बास्तोला काठमाडौं, प्रसिस महरा डोटी, केशरमान रोकाय रुकुम पश्चिम, कमला लामिछाने गोरखा, देबिका नेपाली दाङ, सरस्वती गुरुङ कास्की, भगिरथ पोद्धार झापा, किशोरदत्त बराल कास्की छन्।
यसैगरी, दीपक अधिकारी सर्लाही, योगराज कँडेल गुल्मी, प्रमोदहरि गुरागाई काठमाडौं, लालबहादुर पुन बाग्लुङ, रामजी कंग्रेन धनकुटा, मदन कट्टेल रुपन्देही, नारायण सापकोटा सुर्खेत, कान्ता रिजाल पाँचथर, रघुनाथ गुरुङ लम्जुङ, बीरेन्द्र साह सुनसरी र डा. सुष्मा तिवारी पर्सा रहेका छन्।
प्रतिष्ठानले बिहिबार नै थप १० जनालाई सदस्यमा नियुक्त गरेको छ। यो संगै प्रतिष्ठानमा ४८ जना नियुक्त भएका छन्। कांग्रेसको बिधानमा प्रशिक्षण प्रतिष्ठानका प्रमुखले बढीमा ५१ जनालाई प्रतिष्ठानमा नियुक्त गर्न सक्ने व्यबस्था छ।
बिधान अनुसार पार्टीको प्रदेश समितिका उपसभापतिहरु प्रतिष्ठानको पदेन सदस्य हुनेछन्। यसबाहेक प्रतिष्ठानको सहप्रमुख र निर्देशक नियुक्त हुन बाँकी रहेको छ।

















प्रतिक्रिया