Logo

प्रमुख समाचार

शान्तिनगरमा मन्त्रीको गाडीले स्कुटर ढालेपछि…



मन्त्रीको गाडीले एक स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगरमा रडाको मच्चिएको छ । दुई नम्बर प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र शाह सवार ज १ झ ४४५ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगर क्षेत्रमा हंगामा भएको हो ।

स्कुटर पल्टिएपनि स्कुटरमा सवार दुई युवाहरुलाई भने केही पनि नभएको बताईएको छ । युवाहरुले विवाद गरेपछि उनीहरुलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरु विप्लव समुहको नेकपा निकट विद्यार्थीसंगठनका विद्यार्थी नेता भएको आशंका गरिएको छ । मन्त्रीको गाडीले बा ४२ प ३३३२ नम्बरको स्कुटरमा ठक्कर दिएपछि स्कुटर पल्टिएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार १०:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।