Logo

मधेश प्रदेश

फोरमका नेताले वडाध्यक्ष कुटे



२ नम्बर प्रदेशको राजधानी जनकपुरमा संघीय समाजवादी फोरम नेपालका एक नेताले वडाध्यक्ष कुटेका छन् ।

फोरमका नेता राजकिशोर महतोले धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको हो ।

प्रदेश नम्बर २ सरकारले सशर्त अनुदान अन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको ५० लाख रुपैँयाको योजनाबाट आफूलाई दिन दवाव दिएपछि उत्पन्न विवादले उग्ररुप लिदा राजकिशोरले हिरालालमाथि ईट्टा प्रहार गरेको बताइएको छ । इटा प्रहारबाट उनको हातमा चोट लागेको छ ।

यता राजकिशोरले भने वडाध्यक्षले थप्पड हानेपछि आफूले पनि ईट्टा प्रहार गरेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार १०:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।