Logo

अन्तर्राष्ट्रिय

प्रहरी चौकीमा झडप, तीन प्रहरीसहित १७ जनाको मृत्यु



अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा रहेको एक प्रहरी चौकीमा भएको झडपमा तीन प्रहरीसहित १७ जना लडाकु मारिएका छन् ।शनिबार तालिबान लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी तीन प्रहरी सहित १७ जना लडाकू मारिएको प्रान्तीय प्रहरी प्रमुखले बताएका छन् ।

कान्दाहार प्रान्तको प्रान्तीय शहर कान्दाहारको स्पिन बोल्दाक जिल्लामा रहेको एक प्रहरी चौकीमा शनिबार बिहान सबेरै तालिबान लडाकू समूहले गरेको आक्रमणको सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १४ तालिबान लडाकू मारिएका हुन् ।

यद्यपी सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको झडपमा परी तीन सुरक्षा अधिकारीको पनि मृत्यु भएको छ । यस झडपमा परी चार सुरक्षा अधिकारी र सात तालिबान लडाकूको घाइते भएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार १३:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।