भारतमा बिहेको लागि छुट्टी नपाएपछि एक सैनिक जवानले आफ्नै हाकिममाथि गोली प्रहार गरेका छन् ।असाम राज्यमा सशस्त्र प्रहरीबलको रुपमा कार्यरत रहेका २५ बर्षीय लक्ष्मीकान्त बर्मनले उनका हाकिम सब इन्सपेक्टर भोलानाथ दासमाथि गोली चलाएका हुन् । सुरुमा लक्ष्मीकान्त बर्मनले आफ्नो विवाहकालागि छुट्टी मागेका थिए ।
तर भारतमा भईरहेको लोकसभाको निर्वाचनका कारण हाकिम दासले छुट्टी दिएका थिएनन् । सोही छुट्टी नदिएको झोकमा आँफैले बोकेको इन्सास राइफलबाट अन्धधुन्द गोली चलाउँदा हाकिमको ज्यान गएको छ । भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । उनले इन्सास राइफलबाट १३ राउण्ड गोली फायर गरेका थिए ।
लक्ष्मीकान्त डिप्रेशनका विरामी भएको उनका साथिहरुले जनाका छन् । हावडाको बग्नानमा चुनावी सुरक्षामा खटिएका सेन्ट्रल फोर्समा खटएका बेला बिहीबार सो घटना भएको हो । टाइम्स अफ इन्डियाको समाचारअनुसार आगामी मे २० मा उनको विवाह हुने तय भएको थियो ।

















प्रतिक्रिया