Logo

प्रमुख समाचार

ओलीले होइन, न्यानो स्याटलाइट मैले सुरु गरेको हो : शेरबहादुर देउवा



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा बकफूसे र उडन्ते कार्यक्रमहरु राखिएको टिप्पणी गरेको छ । न्यानो स्याटलाइट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएको भन्दै उनले भने, ‘यो सरकारले आफैंले अन्तरिक्षमा पठाएको जस्तो बकम्फूसे दाबी गरेको छ ।’

नीति तथा कार्यक्रममाथि आइतबारबाट संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले लहडमा कार्यक्रमहरु प्रस्ताव गरिएको बताए । उनले आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस लिन खोजेको आरोप लगाए ।

भारत र चीन जोड्ने रेल रणनीतिक महत्वको भएको भन्दै उनले यो अनुदानमा मात्र बन्नुपर्ने बताए । भारतमा प्रस्तावित एउटा जलमार्गका लागि १११ करोड लाग्ने भएपनि सरकारले पानी जहाज आइसके झै गरेर पानी जहाज कार्यालय खोलेको पूर्वप्रधानमन्त्री देउवाले बताए ।

राणाको पालादेखि नै चलेको स्टिमरलाई नयाँ आविस्कारका रुपमा प्रचार गरेको उनको आरोप छ । उनले वर्तमान सरकारसँग पूँजी कसरी बृद्धि गर्ने भन्ने ज्ञान र सिप नै नभएको दाबी समेत गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार ०७:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।