Logo

अन्तर्राष्ट्रिय

‘फानी’का कारण १२ जनाको मृत्यु



बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबार सम्म १२ जनाको मृत्यु भएको छ । यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको सो बाढीका परी २ हजार भन्दा बढी घरहरु ध्वस्त भएको जानकारी दिएको छ ।

छ व्यक्तिको रुस र पर्खालहरु ढलेर मृत्यु भएको छ भने, अन्य छ जनाको चट्याङको कारण मृत्यु भएको बंगलादेशी विपद व्यवस्थापन अधिकारी बेनाजिर अहमदले बताउनुभएको छ । बङ्गलादेशी अधिकारीहरुले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत सेवा अबरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् ।

टेलिभिजनहरुले तटीय क्षेत्रहरुमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीहरुले दशौं हजार मानिसलाई सुरक्षित स्थलमा पुर्याएका छन् । सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बंगलादेशमा ताण्डब मच्याउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार १०:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।