Logo

समाचार

महालक्ष्मी लाईफइन्स्योरेन्स लिमिटेडसँग संस्थागत अभिकर्ता सम्झौता



कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडबीच आज संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदानगर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडको जीबनबीमापोलिसिहरु खरिदगर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसायप्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्तहुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण वस्नेत र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडको तर्फ प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्नासेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार ११:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।