Logo

प्रमुख समाचार

मेडिसिटी अस्पतालको दादागिरी पर्दाफास



धेरै दिनदेखि ललितपुरको मेडिसिटी अस्पतालमा चलिरहेको विवादमा आफ्नो बच्चा लिन अस्वीकार गरेको आरोपमा पूर्व सांसद गायत्री साह पक्राउ परेकी छिन् ।

पूर्वसांसद साहलाई आईतबार दिउँसो ४ बजे पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले बताए ।

आफ्नो बच्चा लिन अस्वीकार गरेको र मेडिसिटी अस्पतालमा होहल्ला गरेको उजुरी परेपछि पूर्व सांसद साहसहित उनका पति सन्तोषलाई नियन्त्रणमा लिइएको एसएसपी धानुकले बताए । मेडिसिटी अस्पतालले पूर्व सांसद साहले आफैले जन्माएको बच्चा लिन अस्वीकार गरेको प्रहरीमा उजुरी पनि गरेको थियो ।

अस्पतालको उजुरीपछि अदालतबाट पक्राउ पूर्जी लिएर उनीहरुलाई पक्राउ गरेको एसएसपी धानुकले बताए । पूर्वसांसद साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । पूर्व सांसद पक्राउ परेपछि स्वास्थ्य मन्त्रालयमा खैलाबैला मच्चिएको छ ।

स्वास्थ्य मन्त्री उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले फेसबूकमा स्टेटस लेख्दै बच्चाको अभिभावकलाई अपराधीजस्तो व्यवहार गरिनु निन्दनीय भएको बताएका छन् । उनले दोषी डाक्टरमाथि छानबिन र कारवाही हुने बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ११:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।