Logo

कोरोना महामारीका कारण मानसिक समस्या बढ्दो



कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो भने कतिपयले त सहनै नसकी आत्महत्याको बाटो अपनाएका छन् ।

छटपटी बढ्यो

डोल्पा समाचारदाताका अनुसार बन्दाबन्दी सुरु भएदेखि डोल्पाका बासिन्दामा मानसिक समस्या बढेको देखिएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। सिजन रावलले बन्दाबन्दीपछि दैनिक तीन जनासम्म मानसिक समस्या लिएर बिरामी आउने गरेको जानकारी दिए । निद्रा नलाग्ने, एकहोरिने, छटपटी लाग्ने, अत्यास लाग्ने, अल्छी हुने लगायतका लक्षण बिरामीले बताउने गरेको भन्दै उनले आफूहरूले बिरामीलाई सीधै मानसिक समस्या छ नभनी आवश्यक चेकजाँच गरी औषधि दिने गरेको बताए । डा। रावलले मानसिक समस्या परिवार टाढाटाढा रहेका, छोराछोरी घरभन्दा टाढा रहेका

बढ्दै रोगी

सल्यान समाचारदाताका अनुसार मानसिक रोगीको सङ्ख्या बढेको पाइएको छ । चिन्ता र निराशाका कारण यस्ता रोगीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालमा प्रत्येक महिनामा ८० देखि एक सय जना बिरामी आउने गरेका छन् । अस्पतालका चिकित्सक डा। प्रदीप शर्माले बन्दाबन्दीले मदाक पदार्थ सेवन, झै–झगडा बढ्नुको साथै वैदेशिक रोजगारी गुमाउनु परेको पीडाले मानसिक समस्या बढ्दै गएको बताए ।

आत्महत्या बढायो

रुकुम समाचारदाताका अनुसार कारोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भएको बन्दाबन्दीमा समुदायमा मानसिक समस्या बढ्दै गएको छ । जिल्ला अस्पतालका चिकित्सक डा। राजकुमार भुजेलले बन्दाबन्दीमा काम नहुने र घर व्यवहार धान्न समस्या हुने, त्यसबाट परिवारमा कलह हुने, साथीभाइसँग भेटघाट र मनमा लागेका कुरा खुलस्त रूपमा भन्ने अवसर नपाउने तथा एक्लो महसुस हुने कारणले आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार  ८ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।