आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम आज राष्ट्रपति विद्यादेवी भण्डारीले पारित गर्ने तयारी गरिएको छ । गत शुक्रबार प्रस्तुत संघीय संसदको दुवै सदनमा पेश गरेकोे नीति तथा कार्यक्रम आइतबार र सोमबार माथि छलफल भए पछि आज मंगलबार पारित हुन लागेको हो । आज बस्ने संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकले नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची तय गरेका छन् ।
प्रधानमन्त्री ओलीले जवाफ दिँदै
राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद्मा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष ०७६र७७ को नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्नको आज प्रधानमन्त्री केपी ओलीले जवाफ दिनेछन् । प्रधानमन्त्रीको जवाफ लगत्तै नीति तथा कार्यक्रम पारितको प्रकृयामा जाने र टुंगिने कार्यसुची रहेको संसद् सचिवालयका कार्यव्यवस्था परामर्श शाखाका राजन घिमिरेले जानकारी दिएका छन् ।

















प्रतिक्रिया