नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रम पनि निवन्ध जस्तो भएको टिप्पणी गरेका छन । मंगलबार नीति तथा कार्यक्रमबारे संसदमा चलिरहेको छलफलमा भाग लिँदै सिंहले नीति तथा कार्यक्रममा सबै कुरा भए पनि कसरी कार्यान्वयन गर्ने भन्ने विषय नभएको बताएका हुन् ।
नीति तथा कार्यक्रमको सबै पानामा नारामात्र देखिन्छ , यो नाराले मात्र के गर्ने जनतालाइ आश्वासन मात्रै दिने भन्दै सपना मात्र देखेर केही गर्न नसकिने बताएका छन् ।
उनले प्रधानमन्त्रीले धेरै देश घुमेर विकाश गर्न खोजेको तर सपना मात्र देखेर पुरा भने केही पनि गर्न नसकेको बताएका हुन । अहिले मेलम्चीका कुरा गर्ने हो भने काम ९२ प्रतिशत सकियो भनिकन पनि कति समय पर्खनुपर्छ, राजधानीबासीले ? कहिले बैशाखमा आउँछ, कहिले दशैमा आउँछ, भन्दै जनतालाई आशामा मात्र सिमित गराएका समेत आरोप लगाउँदै राजमार्गमा जहाज ल्यान्ड गर्ने कुरा नीति तथा कार्यक्रममा समेटिए पनि , भएकै एउटा अन्तराष्ट्रिय विमानस्थलको अवस्था सुधार गर्न नसक्नुलाई के भन्ने भन्दै प्रश्न पनि गरे ।















प्रतिक्रिया