मंगलबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।
चोहर्वा्स्थित नेपाली सेना गणको बा१ग २४६२ नम्बरको ट्रकमा स६प ८०१३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको प्रहरीले जनाएको छ ।
यस्तै, तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लु३प ५००१ नम्बरको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ । मङ्गबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नम्बरको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का ६४ वर्षीय शुरबहादुर तामाङको ज्यान गएको हो ।

















प्रतिक्रिया