नेपाली काग्रेसको आक्रमणपछि सभामुख कृष्णबहादुर महराको होसहवास नै गायब भएको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखले २०७६ साल बैशाख २० गते भन्नुपर्नेमा २०४६ भने । कांग्रेस सांसदहरुले सदनको मर्यादा कायम गर्न नसकेको भन्दै सभामुखको आलोचना गरेपछि उनी अत्तालिएका थिए ।
नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट सभामुख हुने अवसर पाएका महराले पटकपटक विभिन्न पद लिइसकेका छन् । उनी प्रचण्डका खास मान्छे हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोष्ट्रममा जवाफ दिन सभामुखले बोलाएपछि ओलीले कांग्रेस सांसदलाई अपशब्द बोल्दै गाली गरेका थिए । सभामुख ओलीको पक्षमा लाग्ने कि कांग्रेसको कुरा सुन्ने भन्नेमा नै अन्यौलमा परे ।
ओलीले आफूमात्र मै हुँ भनेर भनेपछि संसदमा हंगामा भएको हो । समस्या आइपर्दा आफै निर्णय लिन नसकेकाले महरा पछिल्लो समयमा निकै आलोचित भएका छन् । कांग्रेस सांसद मिनेन्द्र रिजालले सभामुखले संसदीय मर्यादा कायम गर्न नसकेको आरोप लगाए । सभामुखको व्यवहारले संसदको अन्तर्राष्ट्रिय रुपमा नै बेइज्जत भएको पनि रिजालले बताए ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनुभन्दा पनि ओलीले टारटुर गरेका थिए । सरकारले धेरै राम्रो काम गरेको भन्न भ्याएका उनले नीति तथा कार्यक्रमले भावी लक्ष्यलाई केन्द्रबिन्दु बनाएको दावी गरे ।















प्रतिक्रिया