Logo

प्रमुख समाचार

अपांगता भएकालाई सरकारले सम्बोधन गरेन : सांसद पन्थ



नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थले सरकारको नीति तथा कार्यक्रममा अपांगता भएका विद्यार्थीलाई विद्यालय पु-याउने कुनै योजना नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै सांसद पन्थले सरकारले अपांगता भएका व्यक्तिलाई हेला गरेको आरोप लगाए । उनले बिद्यालयबाहिर रहेका धेरैजसो बालबालिका अपांगता भएको भन्दै उनले उनीहरुलाई विद्यालयप्रति आकर्षित गर्ने सरकारको के योजना छ भनेर प्रश्न गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रम लामो आएपनि अपांगता भएका व्यक्तिका बारेमा केही पनि सम्बोधन नगरिनु सरकारले जानीजानी वेवास्ता गरेको बताए । सरकारले पटकपटक आश्वासनमात्र दिएको उनको आरोप छ ।

उनले अपांगता भएका व्यक्तिहरु समाजमा हरेक दृष्टिकोणले अपहेलित भएको वास्तविकता पनि प्रस्तुत गरे । अपांगता भएका व्यक्तिलाई सरकारले नीति , नियम बनाउने सन्दर्भमा पनि छलफल नगरेको भन्दै उनले आपत्ति जनाए ।

पन्थले शिक्षा, स्वास्थ्य, रोजगार, आय आर्जनमा मात्र नभएर सामाजिक सुरक्षाका क्षेत्रमा पनि सहभागी नगराइएको उनको आरोप छ । उनले नेपालमा भएको परिवर्तनलाई अपांगता भएका व्यक्तिले महसुस गर्न नसकेकोमा गुनासो समेत गरेका छन्।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ०५:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।