Logo

समाचार

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित एक पक्राउ



डोल्पा मुड्केचुला गाउँपालिका ३ रिडिङ बस्ने वर्ष ३६ का जगबहादुर थापालाई प्रहरीले रेड पाण्डाको छालासहित पक्राउ गरेको छ ।

दुर्लभ वन्य जन्तु रेडपाण्डा (हाब्रे) थापाको घरमा मारेर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी कालिकाले प्रहरी नायव निरीक्षक दत्तबहादुर मल्लको टोलीले जगबहादुर थापाको घरबाट छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाले पत्रकार सम्मेलन गर्दै डोल्पामा पहिलो पटक रेडपाण्डा (हाब्रे) को छालासहित पक्राउ गरेको सार्वजानिक गरेको छ। करिब ९० सेन्टीमिटर लामो रेडपाण्डा यहि वैशाख ८ गते भेडा गोठालो गएको बेलामा जंगलमा कुकुरले मारेको उनले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका निमित्त कार्यालय प्रमुख ईन्द्रबहादुर साउदले जानकारी दिए।

थापालाई रेडपाण्डाको एक थान छाला र २ थान मुजुल्का डिभिजन वन कार्यालयम बुझाउने र कानुन बमोजिमको कारवाही हुने भएको छ।गएको फागुनबाट मुड्केचुला गाउँपालिकाको सबै क्षेत्रमा रेड पाण्डा नेटर्वकले पहिलो पटक अध्ययन गर्न थालेको हा े। यदि रेड पाण्डा (हाब्रे) थुनेमा वा मारेमा १० देखि १५ वर्ष जेल र ५ देखि १० लाख जरिवान हुने कानुनी व्यवस्था रहेको निमित्त डिभिजन वन कार्यालयका प्रमुख शुशिल सुबेदीले जानकारी दिए।

 

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ०८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।