Logo

स्वास्थ्य

अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने : मन्त्री पोखरेल



सरकारले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने स्पस्ट पारे ।
उनले एकपटक लिइएको परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिकसत्रभित्रै सम्मानका साथ बिदाइ गर्ने बताए ।
सरकारले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई स्थायी गराउन एकपटक परीक्षा लिएको भन्दै अब पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने मन्त्री पोखरेलको तर्क छ ।
उनले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेका बेला परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्न व्यावहारिकसमेत नहुने पनि जिकिर गरे ।

अस्थायी शिक्षकहरुलाई आर्थिक सहायतासहित बिदाइ गर्न सरकार लागिपरेको उनको भनाइ थियो ।बैठकमा समितिका सदस्यहरुले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।कतिपय अस्थायी शिक्षकहरु अपांगता भएकासमेत भएकाले उनीहरुको जीविकोपार्जनको व्यवस्था सरकारले गर्नुपर्ने पनि सांसदहरुको माग थियो ।
बैठकमा समितिअन्तर्गत्को शिक्षा उपसमितिले तयार पारेको प्रतिवेदन मन्त्री पोखरेललाई बुझाइएको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ११:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।