Logo

प्रमुख समाचार

देशको शासन सत्तामा भ्रष्ट र दलालीहरुको हालीमुहाली : चित्रबहादुर केसी



पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले देशको शासन सत्तामा भ्रष्ट र दलालीहरुको हालीमुहाली रहेको बताएका छन् । आज राजधानीको संवाद डबलीमा कान्तिकारी पत्रकार संघले आयोजना गरेको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता र जनअधिकारको रक्षा विषयक अन्तरक्रियामा बोल्दै नेता केसीले यही स्थिति रहे मुलुक नै विघटनको संघारमा जानसक्ने खतरा रहेको औंल्याए ।

‘सरकार दुई तिहाइको डण्डा देखाएर उन्मत्त शैलीमा काम गरिरहेको छ, प्रमुख प्रतिपक्ष अरु दाउमा छ, जनताको पक्षमा सरकारले काम गरेको छैन, यो गणतन्त्रबाट नेपाल उँभो लाग्दैन’ उनले भने ।

कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपालमा कोही पनि कम्युनिष्ट नभएको तर्क गर्दै आफूले कम्युनिष्टको बारेमा नेकपाका नेताहरुलाई अध्ययन गराउनुपर्ने अवस्था आएको हो भनी प्रश्न गरे ।

पछिल्लो समय सरकारले नागरिकको अभिब्यक्ति र प्रेसलाई संकुचित गरेर अधिनायकवादी चरित्र उदांगो भएको उल्लेख गरे । नक्कली राष्ट्रवाद ‘नेपाली जनतासामु बल्ल असली रुपमा प्रकट हुँदैछ’ उनले भने ।

नेपाल बार एसोसियसनका महासचिव लीलामणिा पौडेलले अदालतभित्र राजनीति घुसेककै कारण नेपालको न्यायालय सवतन्त्र भएर काम गर्न नसकेको बताए ।

नेपाल पत्रकार महासंका उपाध्यक्ष बिपुल पोखरेलले यो सरकार स्वतन्त्र प्रेसको घाँटी निमोड्न लागिपरेको उल्लेख गर्दै महासंघले त्यसविरुद्ध डटेर सामाना गर्ने बताए । समाचार लेखैकै आधारमा फौजदारी मुद्धा लगाउने सरकारी रवैया मान्य नहुने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ११:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।