Logo

प्रमुख समाचार

आज प्रचण्ड दोस्रो पटक बेहुला बन्दैँ



पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार पुनः विवाह गर्दैछन् अर्थात बेहुला बन्न लागेका छन् ।

पूर्व प्रधानमन्त्री प्रचण्डले आज पत्नी सीता दाहालसँग पुनः विवाह गर्न लागेका हुन् । पत्नी सीतासँग विवाह गरेको ५० वर्ष पुगेको अवसरमा प्रचण्डले उनीसँग पुनः विवाह गर्न लागेका हुन् ।

पत्नी सीता दाहाल केही वर्षदेखि अस्वस्थ छिन् । देश विदेशका विभिन्न अस्पतालमा उपचार गर्दा पनि उनी स्वस्थ हुन सकेकी छैनन् । विवाहको ५० औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरे त्यसबाट उनमा सकरात्मक प्रभाव पर्ने आफ्नजनले सुझाव दिएका छन् । त्यही कारण प्रचण्डको पुनः विवाह कार्यक्रमको आयोजना गरिएको हो ।

विवाह समारोहमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्ता सहभागी हुने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस् !

प्रचण्ड बेहुला बन्दैँ, दोस्रो पटक मागि विवाह गर्नुको कारण यस्तो रहेछ !

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विवाह गर्न लागेको छन् । अध्यक्ष प्रचण्ड यहि वैशाख २६ गते आफ्नै निजी निवासमा पत्नी सीताको स्वास्थ्य लाभको कामना सहित विवाह गर्न लागेका हुन् ।

२०२६ साल वैशाख २६ गते पत्नि सीता दाहालसँग वैवाहिक जीवनमा बाँधिएका अध्यक्ष प्रचण्ड पुनः एकपटक पत्नी सिताको सिउदोँमा सिन्दुर हाल्ने भएका छन् । हिन्दु संस्कार अनुसार अध्यक्ष प्रचण्ड वैवाहिक जीवनको ५० औं वर्षगाँठको उपलक्ष्यमा पत्नी सीता दाहालसँग मागि विवाह गर्न लागेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार ०७:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।