Logo

समाचार

कानुन दिवस भव्यताका साथ सम्पन्न



सर्वोच्च अदालतले कानुन दिवसको अवसरमा गरेको चियापान समारोहमा सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति भएको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा,प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका न्यायाधिशहरु लगायतको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्ने क्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौंलाले न्याय सेवालाई अझै निष्पक्ष, छिटो छरितो, सर्वसुलभ र प्रभावकारी बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्वतन्त्र न्यायालयलाई अक्षुण्ण राख्न पनि कानुन दिवसले हौशला प्रदान गर्ने गरेको पनि बताए ।

नेपाल प्रधान न्यायालय ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते सो ऐनमा लालमोहर लगाएको स्मरण गर्दै हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाँइन्छ । सोही अनुसार आधुनिक न्याय प्रणालीको शुरुवातका रुपमा आज राष्ट्रिय कानुन दिवस मनाइएको छ । कानुन दिवस मनाउँन सर्वोच्च अदालतले देशभरका न्यायालयमा सार्वजनिक बिदा समेत दिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १२:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।