आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा मिति २०७६ बैशाख २६ गते बिहिबार काभ्रेपलाञ्चोक बनेपा₋१० स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भयो ।
संस्थाका संचालक समितिका अध्यक्ष दिपक तिवारीको सभापतित्वमा सम्पन्न सो विशेष साधारण सभामा संञ्चालकी पराग खड्का, सञ्चालक सन्तोष पोख्रेल, सञ्चालक टंक प्रसाद उप्रेती, सञ्चालक रिता गौतम, सञ्चालक भिमसेन बस्नेतले आसन ग्रहण गरेका थिए ।
त्यसै गरी विशेष प्रस्ताव तर्फसंचालक समितिले प्रस्ताव गरे बमोजिम यस आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाम्ने-गाभिने (Merger) तथा प्राप्ति-सहमति (Acquisition) हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्र (Memorandum of Understanding)मा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याकंन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्याकंनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने र अन्य वित्तीय संस्थाहरुका शाखा खरिद तथा प्राप्ति गर्ने लगायतका कार्यसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।

सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरु शिव प्रसाद मुनाकर्मी, नविन बडाल, सन्तोष थापा, हरि प्रसाद सापकोटाले विशेष साधारण सभामा आफनो राय, सुझाव पेश गरेका थिए ।
विशेष साधारण सभामा संस्थाका संचालक समितिका अध्यक्ष दिपक तिवारीले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुका साथै आफनो मन्तब्य सहित धन्यवादज्ञापन गरे । सो विशेष साधारण सभाको संचालन संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत पवन कुमार श्रेष्ठले धन्यबाद ग्यापन गरेका थिए । विशेष साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित शेयरधनीहरुले सर्वसम्मतिबाट स्वीकृत गरेका थिए ।

















प्रतिक्रिया