Logo

समाचार

१४ हजार ६ सय ६० लिटर घरेलु मदिरा नष्ट



प्रहरीले बाजुरा जिल्लामा १४ हजार ६ सय ६० लिटर घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले ७ महिना अवधिमा उल्लेखित परिणाममा मदिरा नष्ट गरेको हो ।जिल्ला प्रहरी प्रमुख उद्धवसिंह भाटले अवैध मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्न असोजदेखि चलाएको अभियानबाट मदिरा बरामद गरी नष्ट गरेको बताए ।
बडीमालिका नगरपालिका वडा नम्बर ९ की महिला सदस्य तुला विष्टले मदिराकै कारण अधिकाँश श्रीमान श्रीमतीबीच झगडा हुने गरेको बताउँदै ‘अभिभावक मदिरामा लाग्दा त्यसले बालबालिकाको पढाइमा बाधा समेत पुग्ने गरेको बताइन् ।
डिएसपी भाटले अपराध नियन्त्रण गर्नको लागि मदिरा नष्ट गर्ने अभियान चलाइएको बताए । ‘जिल्लामा हुने अपराधबारे अनुसन्धान गर्दै जाँदा विभिन्न घटनामा जाडरक्सी सेवन त्यसको कारक बनेको पाइएको र विकृतिको मुख्य कारक मदिरा उत्पादन र सेवनलाई निरुत्साहित गर्ने अभियान चलाइएको जानकारी गराए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार ०६:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।