Logo

समाचार

विश्वराज पोखरेल नेपाल प्रहरीको डीआईजीमा बढुवा



नेपाल प्रहरीको डीआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच दर्ज्यानी प्रदान गरिएको छ ।

यसअघि उनी लागुऔषध नियन्त्रण व्युरोमा कार्यरत थिए । संगठनमा पोखरेललाई व्यावसायिक प्रहरी अधिकृतको रुपमा चिनिन्छ । यसअघि ६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डीआईजी पदमा पोखरेलको एकल सिफारिस भएको थियो ।

डिआइजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरीमा एक पद रिक्त थियो । पोखरेल आफ्नो व्याजबाट डिआइजी हुने एकल व्यक्ति हुन् । एकल डिआइजी भएकाले उनलाई भावी महानिरीक्षकका रुपमा हेरिएको छ ।

गत बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम ९४० को प्रावधान अनुसार एसएसपीबाट डीआईजीमा बढुवाको सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार ०८:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।