नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने भन्दै विरोध गरेको छ ।
संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धि बिधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने व्यवस्था अघि सारिएको सन्दर्भमा संघ(नाफिज)को गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।
उक्त विज्ञप्तिमा नाफिजले स्वतन्त्र र मर्या्दित प्रेसका पक्षमा रहेको तर तर प्रेसलाई नियमन गर्ने नाममा निर्माण गरिने प्रेस स्वतन्त्रता विरोधी कानुन भने नस्वीकार्ने बताएको छ ।
मिडिया काउन्सिल सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयकमा प्रस्तावित व्यवस्था विरुद्ध नेपाल पत्रकार महासंघ लगायतका संघ÷संस्थाहरुले सुरु गरेको आन्दोलन प्रति नाफिज ऐक्यवद्धता जनाउँँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई आन्दोलनमा सहभागीताका लागि आग्रह समेत गरेको छ ।















प्रतिक्रिया